बराबरीमा रोकिए ललितपुर र धनगढी

२०८१, २२ चैत्र शनिबार २१:३९

तेस्रो संंस्करणको नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोलरहित बराबरीमा रोकिएका छन् ।

दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा दुवै टिमले प्राप्त मौकाको सदुपयोग गर्न नसक्दा अंका बाँडेका हुन् ।

बराबरीसँगै ३ खेलमा ५ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ । धनगढी २ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ ।

आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै पहिलो जित निकालेको थियो । आइतबार झापा एफसी र एफसी चितवनबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *