कोपा डेल रे को फाइनलमा आज राति एल-क्लासिको भिडन्त हुँदै छ । स्पेनमा एल-क्लासिकोको अर्थ फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्पर्धा हो ।

बार्सिलोना र मड्रिड लामो समययता कट्टर प्रतिद्वन्द्वी क्लब हुन् । यी दुई क्लबबीच नेपाली समयानुसार राति १२ बजेर ४५ मिनेटमा स्पेनमा प्रतिस्पर्धा हुनेछ । स्पेनको सेभिल्ला सहरस्थित इस्टाडियो डे ला कार्टुजा रंशालामा यो बहुप्रतिक्षित खेल हुनेछ ।

बार्सिलोना र रियल मड्रिड आज सिजनको तेस्रो पटक आमनेसामने हुँदैछन् । बार्सिलोना सिजनको दोस्रो उपाधि जित्न चाहन्छ । रियल मड्रिड तेस्रो उपाधिको खोजीमा छ ।

रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ। ला लिगामा पनि उपाधि होडमा पछि परेको छ। त्यसैले आज उसमाथि ठूलो दबाब हुनेछ । खराब सिजन बचाउन उसलाई आज बार्सिलोनालाई हराउनै पर्नेछ ।

यसअघि सुपर कप र ला लिगा दुबैमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराएको थियो । आज फेरि जितेर बार्सिलोना लगातार तेस्रोपटक रियललाई हराउने लक्ष्यमा छ ।

रियल मड्रिड आज जित निकालेर बार्सिलोनाको उपाधि यात्रा रोक्न चाहन्छ । साथै आउँदो ला लिगा क्लासिकोका लागि आत्मविश्वास बटुल्न खोज्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *