तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि विजेताले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले आज शुक्रबार दोस्रो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा गरेको हो ।
दोस्रो संस्करणको विजेता ललितपुर सिटि एफसीले ७० लाख रुपैयाँ पाएको थियो । तर यसपटकको विजेताले ८० लाख रुपैयाँ पाउने छन् ।
यस्तै उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । यो संस्करणको उपाधिका लागि शनिबार दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरले लगातार दोश्रो तथा पोखराले पहिलो पटक एनएसएलको फाइनल खेल्न लागेको हो । ललितपुरले पहिलो र पोखराले दोश्रो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनलमा पुगेका थिए ।
