इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
इन्टरको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले लिएको अग्रतालाई जोगाउन सकेन । ह्यारी केनको गोलबाट बायर्नले ५२औं मिनेटमा अग्रता बनायो । ५८औं मिनेटमा लाउटुरे मार्टिनेजले बराबरी गोल गरे ।
त्यसको ३ मिनेटपछि बेन्जामिन पाभार्डको गोलमा इन्टर अघि बढ्यो । त्यो अग्रता पनि लामो समय रहेन । ७६औं मिनेटमा डियरले बराबरी गोल गरे ।
अर्को खेलमा रियल म्याड्रिडलाई २-१ ले हराउँदै समग्रमा ५-१ को अग्रतासहित आर्सनल सेमिफाइनल पुगेको छ।
पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
