मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा हिमालयन फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक टोलीलाई १-० गोलले पराजित गर्दै हिमालयन अन्तिम चारमा प्रवेश गरेको हो ।

हिमालयनलाई जित दिलाउन रोजन तामङले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने आयोजक टोलीका गोलरक्षक गोलरक्षक डेबिड मगर घोषित भए । उनले ट्रफीसाहित नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार कसेनी एफसी र नवदिप युवा क्लबकाबीच चौथो क्वाटरफाइनल खेल हुनेछ । कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोली सहभागी छन् ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *