सिंगारपुरसँगको मैत्रीपूर्ण र मलेसियासँगको एएफसी एशियन कप छनौट २०२७ का लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक म्याट रसले सोमबार यी दुई खेलका लागि २३ सदस्यीय नेपालको अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
नेपालले यही मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एशियल कप छनौट २०२७ खेल्दै छ ।
सार्वजनिक अन्तिम टोली अनुसार उमेर समूहबाट नेपालका लागि खेल्दै आएका फरवार्ड सुवास बम ठकुरी तथा विभागीय टोली एपीएफका गोलकिपर अञ्चल श्रेष्ठ र डिफेन्डर सुमन श्रेष्ठ पहिलो पटक सिनियर टोलीमा पर्न सफल भएका छन् । त्यस्तै फरवार्ड रेजीन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
यी दुई खेलमा लागि नवनियुक्त प्रशिक्षक म्याटले प्रारम्भिक चरणमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसपछि म्याटले गत साता पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई बाहिर राख्दै दुई नयाँ खेलाडीलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेका थिए ।
प्रारम्भिक टोलीबाट बाहिरीएका पाँच खेलाडीमा गोलकिपर अभिषेक बराल, डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ, अशोक खवास र अञ्जन राई रहेका थिए । यस्तै दोश्रो चरणको बन्द प्रशिक्षणका लागि टोलीमा समावेश भएका दुई खेलाडीमा भने फरवार्ड रेजिन सुब्बा र सृर्जनराज श्रेष्ठ थिए ।
नेपालको अन्तिम टोलीः
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिश रत्न छुन्जु
फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा
