ललितपुर स्पोर्टस अवार्ड आगामी बैशाख २७ गते हुने भएको छ ।

आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिले आइतबार पत्रकार सम्मेलन गरि अवार्डमा ९ जनालाई सम्मान गरिने जानकारी दियो ।

अवार्डमा सर्वोकृष्ट महिला / पुरुष खेलाडी र प्रशिक्षक (तीन जना) लाई जनही १ लाख रुपैयाँ तथा उत्कृष्ट महिला/पुरुष खेलाडी तथा प्रशिक्षक (६ जना) लाई जानही ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

सादोबाटोस्थित कराते एकेडेमी हलमा हुने अवार्डका लागि चैत १७ देखि वैशाख १० गतेसम्म ललितपुरका खेलाडीले नाम दर्ता गराउन पाउनेछन् ।

यस्तै बैशाख ११ देखि १० सम्म अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची तयार पारिने छ । भने बैशाख २१ देखि २५ सम्म तीन तीन जानको अन्तिम अन्तिम सूची तयार पारिनेछ । यीनै तीन जानमध्येबाट एकलाई विजेता घोषणा गरिनेछ ।

खेलाडी छनोटका लागि सागर चित्रकार संयोजक रहने गरि पाँच सस्यीय उपसमिति गठन भएको छ ।

खेलाडी छनोट उपसमितिको सदस्यमा बक्सिङका प्रकाश थापामगर, करातेका गंगाराम महर्जन, तेक्वान्दोका मधुवनलाल सिं र उसुका रामगोपाल महर्जन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *