अमेरिकन मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले पुनरागमन जित निकालेको छ ।

मियामीले सोमबार एटलान्टा युनाइटेडलाई २-१ ले हरायो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै मियामीलले पुनरागमन जित हासिल गरेको हो ।

मियामीको जितमा कप्तान लियोनल मेस्सी र फाफा पिकाल्टले गोल गरे । एटलान्टाका लागि इम्यानुएल लाटे लाथले गोल गरे ।

खेलको ११औं मिनेटमा लाथले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा मेस्सीले मियामीका लागि बराबरी गोल फर्काए ।  जारी सिजनमा मेस्सीको यो पहिलो लिग गोल हो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पिकाल्टले गोल गदैं मियामीलाई २-१ को पुनरागमन जित दिलाए । 

जितसँगै चार खेलमा १० अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको शीर्षस्थानमा उक्लिएको छ । पराजित एटलान्टा समान खेलबाट चार अंकका साथ १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *