नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे ।

नेपालकै मिलन कुलुङ राईले २८:१५:२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८:४७:०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए ।

एक सय किमी दौडमा विशाल राई १३:२९:०४ सकेन्ड समय लगार च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३:३९:०७ सकेन्ड र निरोज भट्टले १४:१२:३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भइन् । रसिलाले १७:५८:०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८:१५:०५ सकेन्ड समय लगातार दोस्रो भइन्, फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६:४२:२५ सकेन्ड) पहिलो, लोकेन्द्र राई (०६:४६:३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६:५९:५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए ।

प्रियाले निर्धारीत दुरी ०७:४६:०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८:१६:०६ सकेन्ड र राज्यलक्ष्मीले ०८:४०:५२ सकेन्ड समय लगाए । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

३० किमी दौडमा राजन मेयोङबा ३:४३:०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४:०३:२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४:३७:०१ सकेन्ड) तेस्रो भए । ३० किमी महिलातर्फ अस्मी तामाङ ६:३४:०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन् कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए ।

कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन् । यसैगरी रीन्छेले ०८:५३:०० सकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत हुरी पुरा गरे यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए । अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् ।

सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।

मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *