शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाए ।

दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए ।

आज हुने दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबको सहभागिता रहेको लिग समाप्तीमा शीर्ष २ क्लब ए-डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *