काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा पहिलोपटक काठमाडौं जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
चैत २ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सञ्चालन हुनेछ ।
विजेताले दुई लाख, उपविजेता एक लाख पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन् ।
