बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति बायर लेभरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को अग्रतासहित बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो ।
लेभरकुसेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केन र अल्फोन्सो डेभिसले गोल गरे ।
केनले ५२औं मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।
इल्यान्डका कप्तान केनले ७१औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे ।
यसअघि, बार्यनले पहिलो लेगमा लेभरकुसेनलाई ३–० ले हराएको थियो । अब बायर्न म्युनिखले सेमिफाइनलमा प्रवेशका निम्ति इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
