इन्टर मिलानले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलवार राति फेयनोर्डलाई २-१ ले हराउँदै समग्रमा ४-१ को अग्रतासहित इन्टरले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्कस थुराम र हाकान चाल्हानोग्लुले गोल गरे । फेयनोर्डका लागि जाकुब मोडरले एक गोल फर्काए ।
आठौं मिनेटमा थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए । तर ४२औं मिनेटअघि मोडरको पेनाल्टी गोलले फेयनोर्डलाई खेलमा फर्कायो ।
तर, दोस्रो हाफ सुरु भएको छ मिनेटमै चाल्हानोग्लुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए । त्यसपछि खेल इन्टरका लागि सहज बन्यो ।
यसअघि, इन्टरले पहिलो लेगमा फेयनोर्डलाई २–० ले हराएको थियो । अब इन्टर मिलानले सेमिफाइनलमा प्रवेशका निम्ति जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
