नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् ।
नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ । यी दुई खेलका लागि नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक टोलीमा ३० खेलाडीलाई समेटेका थिए ।
त्यसमध्येबाट एक गोलकिपर र चार डिफेन्डरलाई उनले बाहिर राखेका हुन् । प्रारम्भिक टोलीबाट गोलकिपर अभिषेक बराल बाहिरिएका छन् । यस्तै, डिफेन्डरहरू छिरिङ लामा, आशिष गुरुङ, अशोक खवास र अञ्जन राई बाहिरिएका छन् ।
दोस्रो चरणको प्रशिक्षणमा फरवार्ड रेजिन सुब्वा र सृर्जनराज श्रेष्ठ समेटिएका छन् । यी दुई खेलाडी स्ट्यान्डबाइ सूचीमा थिए ।
नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन् । एन्फाले उनीसँग एक वर्षको सम्झौता गरेको छ । उक्त खेललगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ ।
पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो । तर, मैदान र सुरक्षाका कारण देखिउँदै खेलस्थान मलेसिया सारिएको हो ।
प्रारम्भिक टोली
गोलकिपरः किरणकुमार लिम्बू, विशाल सुनार, दीप कार्की, एञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, आशिष गुरुङ
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु
फरवार्डः जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, समीर तामाङ, दीनेश हेन्जन, सुवास ठकुरी बम, नीराजन धामी, रेजिन सुब्वा, सृजनराज श्रेष्ठ
