नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री किसनकन्हैया यादव र माधव खत्री ले भारत र माल्दिभ्सविरुद्ध हुने मैत्रीपूर्ण खेल खेलाउने भएका छन् ।
घरेलु टोली भारतले आज माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसा राति ७:१५ मा जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ ।
दुवै टोलीले एएफसी एसिया कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
चारै जनासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतियोगिताका साथै घरेलु लिग र प्रतियोगिता खेलाएको अनुभव छ ।
