सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माबिको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै सप्तरीले अन्तिम चारमा स्थान बनाएको हो ।

सप्तरीका लागि विदेशी खेलाडी एलेक्सले दुई गोल गर्दा दिपेश चाम्लिङको नाममा एक गोल रह्यो । खेलको ३९औं मिनेटमा एलेक्सले गोल गर्दै सप्तरीलाई अग्रता दिलाएका थिए ।

यसैगरी, पहिलो हाफको इन्जुरी समयमा दिपेश टोलीको अग्रता दोब्बर बनाए । ६५औं मिनेटमा एलेक्सले ब्यक्तिगत दोस्रो गोल गरेपछि सप्तरी ३-० ले विजयी भयो ।

सप्तरीको जितमा दुई गोल गरेका एलेक्स म्यान अफ दी म्याच भए । उनले नगद ७ हजार ५ सय प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ११ लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पाँचथर क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *