अखिल नेपाल फुटबल संघ (एनफा) को नियमित साधारणसभा आगामी वैशाख अन्तिम साता गते हुने भएको छ ।
यही चैत ११ र १२ गते दुई लगाएर बसेको एन्फाको नवौं कार्यसमिति बैठकले संघको नियमिति साधारणसभा वैशाख २६ गते गर्ने निर्णय गरेको हो।
सोमबार बसेको बैठकमा विविधसहित १५ वटा विभिन्न एजेण्डामा छलफल हुने तय थियो । सबै एजेण्डामा निर्णय गर्न समय अभाव भएपछि एन्फाले मंगलबार पुनः बस्नेगरि सोमबार बैठक स्थगित गरेको थियो ।
बैठकले आगामी आर्थिक वर्षको बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ साधारण साभामा पेश गर्ने निर्णय पनि गरेको छ । कार्यसमिति बैठकले साधारणकासभा वैशाखमा गर्ने लगायत विविधसहित १५ वटा विषयमा निर्णय गरेको छ ।
एन्फा कार्यसमिति बैठकका निर्णयहरुः


