नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेश्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् ।

क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो-कालो छ भने अर्को सेतो-रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ ।

जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजको दिन आफ्नो लागि खुशीको दिन रहेको बताएका थिए । उनले दोश्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए ।

दोश्रो संस्करणमा ललितपुरले उपाधि जितेर उनले सम्पूर्ण टिमलाई नेवारी भोज खुवाएको र यस पटक पनि त्यो अवसर पाउनेमा उनी विश्वस्त छन् ।

यस्तै उनले महानगरले फुटबल क्लबहरुलाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले फेरि एनएसएल जितेमा यस पटक अझ ठूलो सम्मान गर्ने पनि वाचा गरे ।

ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन् । ललितपुर सिटी एफसीले चैत्र १६ गते उद्घाटन खेल खेल्नेछ । उक्त खेलमा ललितपुरले काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *