उज्वेकिस्तानका साइददोस्तोन जाफारोभ र क्यामरुनका बिएस्सी न्याक्वेले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

पोखराले एनएसएलको तेस्रो संस्करणका जाफारोभ र न्याक्वेसँग सम्झौता गरेको हो ।

पोखराले यसअघि क्यामरुनी फरवार्ड स्टेफन स्टेफन समीर बिनोङ र नाइजेरियन फरवार्ड माइकल चुक्वुबुन्नालाई अनुबन्ध गरिसकेको छ ।

समीर तामाङ मार्की खेलाडी रहेको पोखराले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरिसकेको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ ।पोखराले चैत १८ मा एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *