एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा

२०८१, १३ चैत्र बिहीबार १४:४४

नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन् ।

यो समूहका खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुनेछ ।

यस्तै समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान तथा समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मंगोलिया, टिमोर लिस्टे र इराक तथा ‘सी’ मा बहराइन, म्यानमार, बंगलादेश, तुर्केमिनेस्तान तथा समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकितान परेका छन् ।

यसैगरी समूह ‘इ’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स रहँदा समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया तथा समूह ‘ए’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान छन् ।

छनोटमा ३४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने सहभागि टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । जसमा २ समूहमा ५ र ६ समूहमा ४ राष्ट्रलाई समावेश गरिएको छ ।

छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने राष्ट्रले एसियन कपमा आफ्नो स्थान पक्का गर्नेछन् । एसियन कप छनोट उज्वेकिस्तानसहित भियतनाम थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *