शहिद स्मारक बी डिभिजन लिगमा सुरूआती अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब वीरगन्ज युनाइटेड क्लबसँँग बराबरीमा रोकिएको छ ।

बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवती वीरगन्ज युनाइटेडसँँग १-१ को बराबरीमा रोकिएको हो ।

खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा वीरगन्ज युनाइटेडका कृपाकान्त महतो थारुले गोल गर्दा श्री भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो ।

बराबरीका बाबजुद ३ खेलमा ७ अंक जोडेको श्री भगवती शीर्षस्थानमा उक्लिएको छ । वीरगन्ज समान खेलबाट ५ अंकका साथ चौथो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा प्लानिङ ब्वाइज र मध्यपुर बीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *