नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्चिला तुम्बापो सुब्बा स्वदेश फर्कने भएकी छिन् ।

पछिल्लो समय निस अट्रोमिटौबाट ग्रीसको महिला ‘ए’ डिभिजन लिग खेल्दै आएकी एञ्चिला शुक्रबार बिहान नेपाल आइपुग्ने भएकी हुन् ।

एञ्जिला आफ्नो वास्तविक जीवनमा आधारित रहेर बनेको फिल्म ‘अञ्जिला’ को प्रचार-प्रसारका लागि नेपाल आउन लागेकी हुन् । गत महिना घरेलु मैदानमा भएको फोर नेसन्स महिला च्याम्पियनसिप खेलेर उनी पुनः ग्रीस फर्किएकी थिइन् ।

ग्रीस फर्किनुअघि एञ्जिला फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा सहभागि भएकी थिइन् । फिल्म ‘अञ्जिला’ गत फागुन २९ गतेदेखि देश तथा विदेशका हलहरुमा प्रदर्शन हुँदै आएको छ ।

नेपाल उत्रिए लगत्तै एञ्जिला शुक्रबारै काठमाडौं, कीर्तिपुर र ललितपुरका हलमा पुगेर दर्शकसँग भेट गर्ने र त्यसपछि पोखरा, नेपालगञ्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर त्यहाँका हलका दर्शकलाई पनि भेट्ने तालिका रहेको छ ।

फिल्म ‘अञ्जिला’लाई खेलसँग सम्बन्धितले मात्र नभई सबै क्षेत्रका दर्शकले अत्याधिक रुचाएका छन् । फिल्मको प्रचारपछि केही दिनमै एञ्जिला ग्रीस फर्किने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *