आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि विजेता भारतीय टोली स्वेदश फर्किएको छ । कप्तान रोहित शर्मा लगायत प्रशिक्षक गम्भिर गौतमको टोली मुम्बई एयरपोर्टमा पुगेपछि भब्य स्वागत गरिएको थियो
कप्तान रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले नौ महिनाको अन्तरालमा दोश्रो पटक आईसीसी ट्रफीको उपाधि जितेको हो । यसअघि संयुक्त राज्य अमेरिकामा आयोजना भएको पुरुष टी २० विश्वकप क्रिकेटको उपाधि पनि भारतले जितेको थियो ।
भारतले च्याम्पियन्स ट्रफी २०२५ को उपाधि जित्दै च्याम्पियन्स ट्रफीमा ह्याट्रिक गरेपनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो पटक कुनै किसिमको सम्मान विजयोत्सव कार्यक्रम नगर्ने जनाएको छ ।
