नेपाल नामिबियासँग पराजित

२०८१, २४ फाल्गुन शनिबार २१:३१

युगाण्डामा आजदेखि सुरु भएको चार देशीय महिला टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

केही समयपछि खेल फेरि सुरु भए पछि १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य पाएको थियो । नयाँ लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रन बनाएर अल आउट भएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् ।

नामिबियाका लागि विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।

नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल रहेको थियो । नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर खेलिरहेको छ ।

सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनल हुनेछ ।

नेपालको खेल तालिका
फागुन २५ गते(मार्च ९) – युगान्डासँग
फागुन २६ गते(मार्च १०) – हङकङसँग
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *