नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
सार्वजनिक क्यालेण्डरअनुसार सन् २०२५ भरि नेपाली क्रिकेट खेलाडीहरू व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन रहने छैन, जसले गर्दा वर्षभरि नै प्रतियोगिताको माहोल रहनेछ।
क्यालेण्डरअनुसार पुरुष, महिला तथा उमेर समूहका टोलीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनेछन् ।
सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिज जस्ता महत्वपूर्ण प्रतियोगिताहरू हुनेछन् । यस्तै, महिला क्रिकेटतर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कप लगायतका प्रतियोगिताहरू समावेश छन् ।
नेपाली सिनियर पुरुष टोलीले आगामी सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग युएईमा टि-२० आई सिरिज खेल्नेछ ।
यस क्यालेण्डरले नेपाली क्रिकेटलाई निरन्तर सक्रिय राख्ने अपेक्षा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्षलाई क्रिकेटको लागि महत्त्वपूर्ण बनाउने लक्ष्य लिएको छ ।
बार्षिक क्यालेन्डर:

