पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) का लागि नाइजेरियन फरवार्ड माइकल चुक्वुबुन्नालाई अनुबन्ध गरेको छ ।

पोखराले एनएसएलको तेस्रो संस्करणका लागि ३७ वर्षीय माइकललाई अनुबन्ध गरेको हो । माइकलसँग मलेसिया र म्यानमारको लिग खेलेको अनुभव छ ।

समीर तामाङ मार्की प्लेअर रहेको पोखराले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ । पोखराले चैत १८ मा एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *