फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयको दोस्रो लेगमा फ्रान्सले २-० को अग्रता बनायो । समग्रमा २-२ को बराबरी भए पछि खेलमा अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयमा दुवै टोलीबाट गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित भएको थियो ।

घरेलु मैदान स्टेड देमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन माइकल ओलिसे र उस्मान डेम्बेलेले गोल गरे । क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्यो ।

खेलको ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा ओलिसेको क्रसलाई उस्मान डेम्बेलेले गोलमा परिणत गरे ।

निर्धारित समय समग्रमा २-२ को बराबरी भए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । फ्रान्सले अतिरिक्त समयमा खेलको गति नियन्त्रणमा राख्यो । अतिरिक्त समयमा पनि कुनै गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टि सुटआउटमा माइननले मार्टिन बतुरिना र जोसिप स्टानिसिचको प्रहार रोकिदिए भने फ्रान्जो इभानोभिचले पनि पेनाल्टी गुमाए । फ्रान्सका लागि जुल्स कौन्डे र थियो हर्नान्डेजले पेनाल्टी मिस गरे । तर, अन्तिममा दायोट उपामेकानोले निर्णायक प्रहार गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।

सन् २०२१ मा नेसन्स लिग जितिसकेको फ्रान्सले अब जुनमा जर्मनीमा साबिक विजेता स्पेनसँग सेमिफाइनल खेल्नेछ । सेमिफाइनलको अर्को खेलमा जर्मनी र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *