नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल

घिसिङ तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीले मंगलबार नेपाली टोलीलाई बिदाई गरेका हुन् ।

नेपाली टोलीले सिंगारपुरसँग मैत्रीपूर्ण र मलेसियासँग एएफसी एशियन कप छनौट २०२७ खेल्दै छ । नेपालले यही मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एशियल कप छनौट २०२७ खेल्ने छ ।

नेपाली टोली मलेसिया ट्रान्जिट हुँदै बुधबार सिंगापुर पुग्ने एन्फाले जनाएको छ । नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले सिंगापुर विरूद्धको मैत्रिपूर्ण खेलबाट नेपाली टोलीको जिम्मेवारी शुरु गर्नेछन् ।

एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

नेपाली टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ

मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिश रत्न छुन्जु

फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *