युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेन र नेदरल्याण्ड्सले रोमाञ्चक बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा स्पेन र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका हुन् । नेदरल्याण्ड्सको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि गुमाएको स्पेनले अन्तिम समयमा गोल गर्दै हार टारेको हो ।

खेलको नवौं मिनेटमा निको विलियम्सको गोलमा स्पेनले अग्रता लिएको थियो । २८औं मिनेटमा कोडी गाक्पोले डच टिमका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ४६औं मिनेटमा जानी रेन्जर्सले गोल गरेपछि खेलमा नेदरल्याण्ड्सले अग्रता लियो । ८१औं मिनेटमा जोरेल हाटोले रातो कार्ड पाएपछि अन्तिम केही समय डच टिम १० खेलाडीमा सीमित भयो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनको हार टारे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च २४ मा स्पेनमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *