इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
गएराति भएको खेलममा युनाइटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका हुन् ।
वर्ल्ड ट्राफोर्डमा पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डिजले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए ।
७४औं मिनेटमा आर्सनलका डेक्लन राइसले बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल नभएपछि युनाइटेड र आर्सनलले अंक बाडेका हुन् ।
आर्सनल ५५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड ३४ अंकसहित १४ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लेस्टरलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
स्टाम्फोर्ड ब्रिजमा लेस्टरविरूद्ध मार्क कुकुरेलाले ६० औं मिनेटमा निर्णायक गोल गरे । चेल्सी चौथो स्थानमा उक्लिएपछि म्यानचेस्टर सिटी पाचौं स्थानमा झरेको छ ।
गएराति नै टोटनहमले बर्नेमाउथसँग २-२ गोल र वूल्भ्सले एभरटनसँग १-१ गोलको बराबरी खेले ।
