अमेरिकी सकर लिगको तेस्रो चरणको खेलमा इन्टर मायामीले कठिन जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा मायामीले चारलोटे एफसी विरुद्ध १–० गोलको कठिन जित निकालेको हो । 

खेलको ४६औं मिनेटमा लुइस स्वारेजको पासमा एलेन्डेले गरेको गोल नै निर्णायक बन्यो । 

त्यसअघि मियामीका गोलकिपर ओस्कर उस्तारी ३८औं मिनेटमा चार्लोटका विल्फ्रेड जाहाविरुद्ध पेनाल्टी बक्स बाहिर फाउल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

चारलोटेविरुद्धको खेलमा मेस्सी भने उपस्थिति थिएनन् । उनी बहिनीको विवाहका लागि आफ्नो घर अर्जेन्टिनाको रोसारियो गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । 

लिगको अंक तालिकामा ३ खेलमध्ये दुई जित र एकमा ड्र गरेर मियामी दोस्रो स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *