फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो ।

लियोनेल मेसी, पाउलो डिबाला र लौटारो मार्टिनेज जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको हो । यता, उरुग्वेको टिमसँग पनि चर्चित स्ट्राइकर लुइस स्वारेज थिएनन् ।

उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाका लागि थियागो अल्माडाले गरेको गोल निर्णायक हुन पुग्यो ।अल्माडाले खेलको ६८औ मिनेटमा टोलीका लागि निर्णायक गोल गरे ।

खेलको अन्तिममा भने अर्जेन्टिना १० खेलाडीमा सिमित भयो । निको गोन्जालेजले विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि सिधै रातो कार्ड सामना गरे ।

यो जितपछि अर्जेन्टिनाले उत्तर अमेरिकी छनोटमा ६ अंकको अग्रता बनाएको छ । १३ मध्ये ९ खेल जितेको अर्जेन्टिनाको २८ अंक छ । दोस्रो स्थानको इक्वेडरको २२ अंक रहँदा पराजित उरुग्वे २० अंकसहित चौथो स्थानमा छ । यो हारसँगै उरुग्वेले दोस्रो स्थानमा उक्लने अवसर गुमायो । 

अब अर्जेन्टिनाले आफ्नै घरेलु मैदानमा आगामी बुधबार ब्राजिलको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *