च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।

युएईमा रहेको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान मिचेल सान्टेनरले टस जितेर ब्याटिङ रोजेका हुन् ।

भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

भारत अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । २०१७ मा भएको पछिल्लो संस्करणको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।

न्युजिल्याण्ड २५ वर्ष अगाडि भारतलाई हराउँदै च्याम्पियन बनेको थियो । न्युजिल्याण्ड सोहि इतिहास दोहोर्याउने योजनामा छ ।

२००० मा केन्यामा आयोजना भएको दोस्रो च्याम्पियन्स ट्रफीको फाइनलपछि दुई टोली बिच आज उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

समूह चरणमा एकै समूहमा थिए । त्यसमा भारतले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो ।

हेनरीले यो च्याम्पियन्स ट्रफीमा १६.७० को औसतमा १० विकेट लिएका छन् । त्यसमध्ये ५ विकेट भारतविरुद्ध लिएका थिए ।

भारतले आइसिसीका पछिल्ला १४ प्रतियोगितामध्ये १२ मा नकआउट चरणमा स्थान बनाएको छ । न्युजिल्यान्डले भने ८ प्रतियोगिताको नक आउट चरणमा स्थान बनाएको छ ।

च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने क्रिस गेलको कीर्तिमान तोड्न विराट कोहली ४५ रन टाढा छन् । गेलले ७ सय ९१ रन बनाउँदा विराटले ७ सय ४६ रन जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *