जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।

बिहीबार सम्पन्न एएफसी एसियन कप छनोट तथा विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बहराइनमाथि २–० को सहज जित निकाल्दै जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बनेको हो ।

घरेलु मैदानमा जापानलाई जित दिलाउन डाइची कामाडा र ताकेफुसा कुबोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ६६औं मिनेटमा कामाडाले गोलमा जापानले अग्रता लिएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा कुबोले गोल गर्दै जापानलाई २-० को सहज जित दिलाए ।

जापान लगातार आठौं पटक विश्वकपका लागि छनोट भएको हो । जापानले सन् १९९८ यताका सबै विश्वकपमा सहभागिता जनाएको छ ।

जितसँगै सात खेलमा १९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्षस्थानमा छ । पराजित बहराइन समान खेलबाट ६ अंकका साथ  पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *