प्लानिङ ब्वाइजको विजयी सुरुवात

२०८१, २६ फाल्गुन सोमबार १६:२२

प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो ।

प्लानिङ ब्वाइजका लागि फागुराम थारु र सुजन डंगोलले गोल गरे । झापाका लागि पुजन राईले गोल फर्काए ।

१४औं मिनेटमै फागुको गोलमार्फत प्लानिङ ब्वाइजले सुरुआती अग्रता लियो । ३९औं मिनेटमा पुजनले झापाका लागि बराबरी गोल फर्काए ।

६३औं मिनेटमा सुजनले गोल गर्दै प्लानिङ ब्वाइजलाई २-१ को रोमाञ्चक जित दिलाए । जितसँगै प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ ।

आज हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबको सहभागिता रहेको लिग समाप्तीमा शीर्ष २ क्लब ए-डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *