नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ ।
पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । जर्सीको रङ निलो, पहेँलो र प्याजी रहेको छ । निलो रङको जर्सी होम जर्सी रहने क्लबले जनाएको छ ।
पोखराका मार्की प्लेयर समीर तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, क्लबका ब्राण्ड एम्बासडर गायक छेवाङ तामाङ, कीट पार्टनर जी स्पोर्ट्सका प्रमुख अध्यक्ष सुन्दर थापा लगायतले क्लबको जर्सी सार्वजनिक गरे ।
कार्यक्रममा पोखरा थण्डर्सले गायक छेवाङ लामालाई ब्राण्ड एम्बासडरको रूपमा सार्वजनिक गरेको छ । गायक लामाले ब्राण्ड एम्बासडर बन्न पाउँदा खुशी लागेको र एनएसएलमा पोखराले राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताए ।
पोखराका खेलाडी नवयुगले ब्राण्ड एम्बासडर छेवाङ लामालाई क्लबको जर्सी प्रदान गरेका थिए ।
समीर तामाङ मार्की रहेको पोखराले यसअघि नै आयुष घलानलाई कप्तान नियुक्त गरिसकेको छ । यस्तै मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।
