लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदै छ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ । यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा बागमती प्रदेशले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ भने कोशी प्रदेशले ६ खेलमा एक जित र ५ हार बेहोरेको छ ।
पुलिसले ७ खेलमा अपराजित रहँदै १४ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै त्रिभुवन आर्मी क्लब ७ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर दोस्रो स्थानमा छ ।
