विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं जित हासिल गरेको छ ।
शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
आर्मीका लागि तृतराज दासले सार्वधिक ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४, इम्रान शेखले १२ र सोमपाल कामीले अविजित १० रन बनाए । कर्णालीका लागि चन्द्र पौडेल, विपिन खत्री, सुवाश भण्डारी र सुदीप अर्यालले समान १ विकेट लिए ।
त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा ११६ रनमा अलआउट भएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ३३, दीपक डुम्रेले १९ रन, कमल परियारले १७ रन र कप्तान खत्रीले अविजित १५ रन बनाए । आर्मीका लागि शाहब अलमाले १० ओभर बलिङ गर्दै १ मेडन सहित सार्वधिक ५ विकेट लिए । यसैगरी, कुशल मल्ल र नरेन साउदले समान २ विकेट लिए ।
जितसँगै ७ खेलमा १२ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित गण्डकी समान खेलबाट २ अंकका साथ पुछारमा छ ।
