पिएसजीको अपराजित यात्रा कायमै

२०८१, ३ चैत्र सोमबार ०९:२४

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले अपराजित यात्रा कायम राखेको छ । सिजनमा २१औं जित निकाल्ने क्रममा आइतबार पिएसजीले मार्सेलाई ३-१ ले पराजित गर्यो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन आस्माने डेम्बेले, नुनो मेन्डिसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । मार्सेका लागि अमाइन गौइरीले गोल गरे ।

खेलको १७औं मिनेटमा डेम्बेलेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ४२औं मिनेटमा मेसन्डिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

गौइरीले ५१औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७०औं मिनेटमा पोल लिरोलाबाट आत्मघाती गोल हुनपुग्दा पिएसजीले ३-१ को जित निकाल्यो ।

जितसँगै शीर्ष स्थानमा रहेको पिएसजीले २६ खेलबाट ६८ अंक जोडेको छ । पराजित मार्से २६ खेलबाट ४९ अंकका साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *