पिएम कपमा आज दुई खेल हुँदै

२०८१, २८ फाल्गुन बुधबार ०७:३३

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन् ।

खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *