विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता विराटनगरमा शुरु भएको छ ।

आइतबार जुट मिल खेल मैदानमा भएको उद्घाटन खेलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाटले सप्तरीको प्रोगेसिभ युवा क्लब फत्तेपुरलाई १-० गोलले पराजित गरेको छ ।

जितसँगै फ्युजन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फ्युजनलाई जित दिलाउन युवराज थापाले निर्णायक गोल गरे । उनले खेलको ६८औं मिनेटमा गोल गरेको थिए ।

खेलेको म्यान अफ द म्याच उदयपुरका गोलकिपर अनिल मगर घोषित भए । उनले नगद २ हजार १ सय पाए ।

प्रतियोगिता अन्तर्गत सोमबारको दोस्रो क्वाटरफाइनल खेल घरेलु टिम पेमा स्पोर्टीङ्ग क्लब विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उनले मिल्स गोल्डकपलाई निरन्तरता दिन विराटनगर महानगरपालिकाले साथ सहयोग गरेर अगाडी बढने बताए । व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउन मिल्स गोल्डकपको ठूलो भूमिका रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *