नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रायोजक घोषणा गरिएको हो ।
प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चौधरी र एनसेलको तर्फबाट चिफ कमर्सियल अफिसर उमेर मोहसिनले हस्ताक्षर गरे । प्रायोजन रकम भने खुलाइएको छैन ।
एनएसएलका लागि ‘ए’ र ‘बी’ क्याटेगोरीका खेलाडीहरूको अक्सन भइसकेको छ । सी क्याटेगोरीको ड्राफ्ट फागुन २५ मा क्लोज डोरमा गर्ने योजना रहेको लिगका निर्देशक श्रेयान्स कार्कीले बताए ।
‘डी’ क्याटेगोरीको भने ड्राफ्ट हुँदैन । विभिन्न गोल्डकप तथा नेशनल टिमको क्लोज क्याम्पले गर्दा केही चुनाैतीहरु हुने उनले बताए ।
एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।
