यही महिना सुरु हुने एनसेल नेपाल सुपर लिग फुटबलको तेस्रो सिजनका लागि खल्ती र आईएमई पे लाई आधिकारिक टिकटिङ पार्टनरका रूपमा घोषणा गरिएको छ।

यो साझेदारी अन्तर्गत समर्थकहरूले डिजिटल वालेट तथा अनलाइन भुक्तानी प्रणालीमार्फत टिकट खरिद गर्न सक्नेछन् ।

यस सहकार्यले टिकटिङ प्रक्रियालाई सरल बनाउँदै फुटबलप्रेमीहरूलाई सहज पहुँच दिलाउने एनएसएलका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले उल्लेख गरेका छन् ।

त्यस्तै आईएमई पे का सिइओ प्रविण रेग्मीले डिजिटल समाधानमार्फत खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै खल्तीका सिइओ बिनय खड्काले यस साझेदारीले अझ उत्साहित बनाएको उल्लेख गर्दै समर्थकहरूलाई सहज र डिजिटल माध्यमबाट टिकट बुकिङ गर्न सक्ने सुविधा दिन पाउँदा खुसी लागेको बताए ।

एनएसएलको तेस्रो सिजन आगामी मार्च २९ अर्थात् चैत १६ देखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *