नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले तेस्रो सिजनका लागि नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारालाई अनुबन्ध गरेको छ ।

बुटवल लुम्बिनी एफसीले शुक्रबार नाइजेरियन मिडफिल्डर तमारालाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो । २४ वर्षीय तमारा पछिल्लो समय इराकको अल-नाफ्ट एससी क्लबमा खेलिरहेका थिए ।

तमारा बल नियन्त्रण र रणनीतिक खेल क्षमताका कारण चर्चित छन् । उनले लोबी स्टार्स, कानो पिलर्स, क्वारा युनाइटेड, शुटिङ स्टार्स, बेन्डेल इन्स्योरेन्स जस्ता क्लबबाट खेलिसकेका छन् ।

राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टोली सहभागी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *