दोस्रो स्थानमा उक्लियो रियल

२०८१, २६ फाल्गुन सोमबार ०७:५५

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । 

आइतबार राति भएको खेलमा रायो भालेकानोमाथि २-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

स्यान्टियागो बर्नाबेउमा घरेलु टाेली रियललाई जित दिलाउन किलियन एमबाप्पे र भिनिसियस जुनियरले गोल गरे । भालेकानोका लागि पेड्रो डियाजले गोल फर्काए ।

खेलको ३०औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । चार मिनेटपछि नै जुनियरले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन ।

जितसँगै रियल मड्रिड २७ खेलबाट ५७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

यता पराजित भालेकानो २७ खेलबाट ३६ अंकका साथ आठौं स्थानमा छ ।

लिगअन्तर्गत आइतबारै भएको खेलमा रियाल बेटिसले लाप पाल्सम तथा सेभियाले रियाल सोसिडाडलाई समान १-० ले हराउँदा मायोर्का एटलेटिक्स क्लब बिल्वाओसँग १-१ को बराबरीमा रोकियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *