च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले श्री कुमारी क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

च्यासलको जितमा अनिल बोम्जन लामा र कप्तान अश्विन घोरासैनीले गोल गरे । श्री कुमारीका लागि यमन महर्जनले एक गोल फर्काए ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको ५५औं मिनेटमा अनिलले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा अश्विनले टोलीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा यमनले गोल फर्काएपनि श्री कुमारीले हार टार्न सकेन ।

जितसँगै ३ खेलबाट ४ अंंक जोडेको च्यासल छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार ब्यहोरेको श्री कुमारी तालिकाको पुछरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *