इङ्लिस क्लब चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको अन्तिम १६ को दोस्रो लेगम डेनिस क्लब एफसी कोपनहेगनलाई १–० ले पराजित गर्दै समग्रमा ३–१ को जितसहित चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।
त्यसअघि पहिलो लेग खेलमा चेल्सीले कोपनहेगनलाई २–१ ले पराजित गरेको थियो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन किर्नन ड्यूसबरी-हलले निर्णायक गोल गरे । उनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए ।
अब चेल्सीले क्वाटरफाइनलमा पोलिस क्लब लेगियाको सामना गर्नेछ ।
