स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ ।
बार्सिलोनाले आइतवार एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । २-० ले पछि परेको खेलको अन्तिम २६ मिनेट बार्सिलोनाले ४ गोल गरेको थियो।
यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिकोले बार्सिलोना र दोस्रो स्रिथानको यल म्याड्रिडसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ ।
एट्लेटिको मैदानमा बार्सिलोनाको जितमा फेरान टोरेसले २ तथा रोबर्ट लेवान्डोस्की र लामिने यामलले समान १ गोल गरे । एट्लेटिकोका लियन अल्वारेज र अलेक्जेन्डर सोर्लोथले गोल गरे ।
खेलको ४५औं मिनेटमा एट्लेटिकोका अल्वारेजले सुरुवाती अग्रता दिलाए । ७०औं मिनेटमा सोर्लोथले गोल थप्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए ।
तर, त्यसको २ मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ७८औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्याए ।
इन्ज्युरी समयमा २ गोल गर्दै बार्सिलोनाले जित निकालेको हो । इन्ज्युरी समयको दोस्रो मिनेटमा यामलले र आठौं मिनेटमा टोरेसले गोल गरे ।
२७ खेलमा बार्सिलोनाको ६० अंक पुगेको छ । १ खेल बढि खेलेको रियल समान अंकमा रहे पनि हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ । एट्लेटिकोको २८ खेलमा ५६ अंक छ ।
अन्य खेलमा रियल बेटिसले लेगानेसलाई ३-२ ले, एथलेटिको क्लबले सेभिल्लालाई १-० ले, गेटाफेले ओसासुनालाई २-१ ले पराजित गर्यो । भालोकानो र रियल सोसिडाडले २-२ को बराबरीमा खेले ।
