विभागीय टोली एपिएफ एफसीकी कप्तान अनिता बस्नेत इलाममा भएको दोस्रो महिला गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । अनिताले १५ हजार रुपैयाँ र ट्रफी पाइन् ।
इलामको ठूलो टुंडिखेलमा भएको फाइनल त्रिभुवन आर्मी एफसीलाई २-१ ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।
एपिएफका लागि गीता रानाले पहिलो र सविता राना मगरले दोस्रो गोल गरिन् । आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।
एपिएफले उपाधिसहित ४ लाख र आर्मीले नगद २ रुपैयाँ प्राप्त गर्यो । एपिएफकी सविता राना फाइनलको प्लेयर अफ दी म्याच बनिन् र ५ हजार रुपैयाँ पाइन् ।
आर्मीकी अन्जना रानामगर उत्कृष्ट गोलकिपर, आर्मीकी विमला विक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर घोषित भइन् ।
७ गोल गरेकी एपिएफकी रश्मिकुमार घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उत्कृष्ट र सर्वाधिक गोलकर्तालर समान १० हजार रुपैयाँ प्राप्त गरे ।
क्लब ओएसिसको आयोजनामा फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
