तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि पोखरा थन्डर्सले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको छ ।

क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण  गरे ।  

नियुक्ति पछि श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी भएको बताए । उनले अब टोलीलाई सफल बनाउन आफुले सम्पूर्ण मेहनत खर्चिने बताए ।  

श्रेष्ठसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन् ।

प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुव विक्रम शाहको पनि सहभागिता रहेको थियो । अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सि पनि हस्तान्तरण गरेका थिए ।

तेस्रो संस्करणको एनएसएल फुटबल आगामी चैतमा हुँदैछ । सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *